विद्यालयमा भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति
Published:
by .मेचीनगर । धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरुको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेको झापा क्षेत्र नं. १ कमिटीले सो विषयमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका प्रतिनिधिसभा ;b:o उम्मेद्वार विश्वप्रकाश शर्माको पक्षमा मत प्रभावित गर्ने उद्देश्य राखेर स्वीकृति शर्माको अभिनयसहित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत चुनावी सामग्री जस्तै गरी प्रचार प्रसार भइरहेको दावी गरेको छ ।
स्वीकृति शर्मा कांग्रेस उम्मेद्वार शर्माकी छोरी हुन् । कार्तिक १८ गते प्रशारण गरिएको उक्त भिडियोमा उनले उम्मेद्वार शर्माको पक्षमा मत प्रभावित गर्ने प्रयास गरेकी हुँदा सो विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइने निर्णय भएको एमालेले जनाएको छ ।
उक्त भिडियोको सुटिङ विद्यालयमै गरिएको र शिक्षकहरुले आफ्नो फेसबुकबाट शेयर, लाइक र कमेन्ट गरिरहेको एमालेले जनाएको छ । एमालेले आफ्ना उम्मेद्वारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरिरहेको समेत जनाएको छ ।
Comments