Sajhamanch Archive

चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, समाज, सहकारी by .

हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघ–संस्थालाई साधारणसभा गर्न रोक लगाएको छ ।

प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो ।

साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध गरिएको मन्त्रालयका उपसचिव नारायणप्रसाद ज्ञवालीले बताए ।

चुनाव नजिकिदै गएको र सहकारीका कार्यक्रमहरुमा उम्मेदवारहरु नैं पुगेर भोट माग्न थालेको गुनासो आउन थालेपछि निर्वाचन अवधिभर साधारणसभा नगर्न निर्देशन दिइएको उनले बताए ।

बागमती प्रदेश नेपालकै धेरै सहकारी भएको प्रदेश हो । पछिल्लो तथ्यांक अनुसार देशभर ३४ हजार ७ सय १२ सहकारी रहेकोमध्ये ११ हजार ५७७ सहकारी बागमती प्रदेशमा मात्रै रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *