टिमाइको पूलमुनि किशोरीको शव
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १५ कैयाटोलीस्थित टिमाइको पूलमुनि एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। उनी सोही स्थानमा डेरा गरी बस्ने पुण्यप्रसाद चौधरीकी १३ वर्षीया छोरी युना रहेको खुलेको छ ।
आज बिहान उनको शव पूलमुनी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पूलमुनि खोलामा घोप्टो परेको अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ ।
मृतकका बाबु पुण्यप्रसादका अनुसार मङ्गलबार अपराह्न ३ बजेदेखि युना हराइरहेकी थिइन् । ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत उनी मङ्गलबार दिउँसो घर नजिकैको टिमाई खोलाको नहरतिर गएको बताइएको छ ।
मृतक मृगी रोगी भएको उनका बाबु पुण्यप्रसादले बताएका छन् ।
Comments