काँग्रेस महामन्त्री शर्मा र पूर्व महामन्त्री सिटौला एउटै मञ्चमा ! एकअर्कालाई भोट मागे
Published: (Updated: )
by .भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौला २०४६ को परिवर्तनदेखि २०६२/०६३ को परिवर्तनसम्मका महत्वपूर्ण उपलब्धीका अविस्मरणीय व्यक्तित्व भएको बताएका
चुनावी सभा अन्र्तगत झापा क्षेत्र नम्बर १ र ३ मा पर्ने भद्रपुर नगरपालिकाका वडा नं. ७, ८, ९ र १० का मतदाता लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सिटौलाको प्रशंसा गरेका हुन् । निरङ्कुशता र अशान्तिले आक्रान्त नेपालमा शान्ति तथा जनमैत्री शासनका लागि महत्वपूर्ण योगदान दिएका सिटौलाको राष्ट्रिय राजनीतिमा अभिभावकीय भूमिका रहेको शर्माले जिकिर गरे । उनले नेता सिटौलालाई मतदान गर्न झापा ३ का मतदातालाई अनुरोध पनि गरेका छन् ।
महामन्त्री शर्माले विश्वप्रकाश र सिटौलाको मेलमिलाप छैन भन्ने भ्रम छरेर काँग्रेसका मतदाता भड्काएर चुनाव जित्ने सपना पाल्नेहरू अब सफल नहुने भन्दै काँग्रेसमा सिटौलाजस्ता अग्रज नेता अभिभावक भएर पार्टीको रेखदेख गर्दै देश र समाजको उन्नतिमा लाग्नेसमेत दावी गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व महामन्त्री, झापा क्षेत्र नं. ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले अबको काँग्रेस विश्वप्रकाशहरूको काँधमा गएको भन्दै यसपटक विश्वप्रकाशले संसद भवन छिर्नै पर्ने बताए ।
नेता सिटौलाले आफू झापा काँग्रेसको नेतृत्वमा रहँदा युवा विद्यार्थीको मोर्चा सम्हालेर नेपाली काँग्रेसलाई झापामा गतिशील बनाउन विश्वप्रकाशले रगत पसिना बगाएको स्मरण गरे । यस्ता क्षमतावान युवा नेता झापाका लागि मात्र नभएर नेपालका लागि नै अपरिहार्य रहेकाले झापा १ का मतदाताले यसपटक विश्वप्रकाशलाई जिताउनै पर्ने माग गरे ।
सिटौलाले वर्तमान गठबन्धन तत्कालको आवेश नभएर परिवर्तित व्यवस्था र अग्रगमनको रक्षाका लागि रहेकाले गठबन्धनका सबै उम्मेदवारलाई इमान्दार भएर मतदान गर्न सवै कार्यकर्ता तथा मतदातासँग अनुरोधसमेत गरेका छन् ।
Comments