सन्थाल समुदायको अधिकार स्थापित गर्ने सिटौलाको आश्वासन
Published:
by .भद्रपुर । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्नेे आश्वासन दिएका छन् ।
झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू निरन्तर लागिरहने बाचा गरेका हुन् ।
अहिलेसम्म पनि राज्यबाट उपेक्षित भइरहेका सन्थाल समुदायका परिवारले दोस्रो दर्जाको नागरिकको अवस्थाबाट मुक्त नभई समाजवादको अनुभूति नहुने भन्दै काँग्रेसका पूर्व महामन्त्री सिटौलाले निर्वाचनपछि बन्ने सरकारले सन्थालका सबै समस्या हल गरेरै छाड्ने प्रष्ट पारे । नेता सिटौलाले सन्थालको हकहित र नागरिकताजस्ता विषय सम्बोधन गरेरै छाड्ने प्रतिवद्धता गरेका छन् ।
बाह्रदशी गाउँपालिकाको राजगढ बजारमा सन्थाल समुदायले आयोजना गरेको ज्येष्ठ सन्थाल आमाबुबा सम्मान तथा सन्थाल सास्कृतिक कार्यक्रममा नेता सिटौलाले यस्तो आश्वासन दिएका हुन् ।
Comments