झापामा मधेसी समुदाय संगठित हुँदै
Published:
by .बिर्तामोड । झापामा पनि मधेसी समुदायका मानिसहरु संगठित हुन थालेका छन् । समुदायको हकहितका लागि बिर्तामोडमा रहेका मधेसी समुदायका मानिसहरुले नेपाल मधेसी समाज सेवा समिति गठन गरेका छन् ।
गत कात्तिक १९ गते भएको भेलाले गठन गरेको नगर समिति शनिबार एक कार्यक्रम गरी घोषणा गरिएको हो । समितिको अध्यक्षमा सामाजिक अभियन्ता तथा अधिकारकर्मी रामेश्वर मण्डल रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा उमेश साह, महासचिव शम्भुकुमार साह, सचिव प्रकाश महतो र कोषाध्यक्षमा भरत महतो रहेका छन् ।
समितिका सदस्यहरुमा मोहनकुमार झा, विवेक साह, नरेश साह, गन्नु सहनी, विजय साह, कला राउत, मोनिका साह र किशु साह रहेका छन् ।
सत्यनारायण राउत, दिलिप सिंह, संजयकुमार शर्मा, अजय साह र रामनन्दन साह रहेको सल्लाहकार समिति पनि आजै चयन गरिएको छ । सामाजिक कार्य गर्ने उद्देश्य राखेर समुदायको हकहितका लागि आफूहरु संगठित भएको समितिका अध्यक्ष मण्डलले बताए । उनले अन्य क्षेत्रका मधेसीहरुलाई पनि संगठित गर्दै जाने कार्यक्रम रहेको जानकारी दिए ।
रामेश्वर मण्डलको अध्यक्षता तथा पूर्व जनप्रतिनिधि सत्यनारायण राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रकाश महतोले गरेका थिए । कार्यक्रमको सञ्चालन निशा कर्णले गरेकी थिइन् । बिर्तामोड क्षेत्रमा करिव ७ हजार मधेसी समुदायका मानिसहरुको बसोबास रहेको अनुमान गरिएको छ ।
Comments