चन्द्रगढीमा भेटिएको बमजस्तो वस्तु सेनाद्वारा निस्कृय
Published:
by .भद्रपुर । निर्वाचनलाई प्रभावित पार्न अज्ञात समूहले जिल्ला सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीको वीरेन्द्र मावि मतदान स्थल अगाडि राखेको बमजस्तो देखिने वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिम पट्टिको गेटमा गए राति बमजस्तो देखिने वस्तु फेला परेको थियो । दुईवटा झोलामा भेटिएको बमजस्तो देखिने वस्तु फेला परेपछि प्रहरीले उक्त वस्तु रहेको स्थानमा सर्वसाधारणलाई जान निषेध गरेर सुरक्षा दिएको थियो ।
आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित स्थानमा डिस्पोज गर्दा शक्तिशाली आवाज नसुनिए पनि बारुद जन्य पदार्थ पड्किएको जस्तो आवाज आएको जनाइएको छ ।
उक्त वस्तुको वास्तविकता बारे झापाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले सो वस्तु बम नभएर बालुवा र अन्य चिज भरेर बमजस्तो देखिने गरी तर्साउन राखिएको वस्तुमात्र रहेको जानकारी दिएका छन् ।
जे भए पनि शान्ति सुरक्षा र अमनचयनमा खलल पुग्ने कार्य गरेकाले यस्तो हर्कत गर्नेहरुलाई प्रहरीले खाजी गरिरहेको प्रहरीको भनाई छ ।
Comments