Sajhamanch Archive

आम चुनाव २०७९ : बुधबार बिहान १०ः०५ मा निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त वास्तविक मत परिमाण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फः

देवराज घिमिरे (सूर्य) १६,६२९ ।। भद्रप्रसाद नेपाल (क्रस खुकुरी) १५,४८८ ।। हरिकुमार राना (हसिया हथौडा) ८,३५४ ।।
रुद्रप्रसाद गिरी (घण्टी) ४,८१७ ।। बदर मत ३,०८३ ।।

गणना भएको मतसंख्या ५०,२७३ ।।
खसेको मत संख्या ८७,७२३ ।।
जम्मा मतदाता संख्या १,३४,०९१ ।।

यस्तै प्रदेशसभा तर्फ २(१) मा नेकपा एमालेका एकराज कार्कीले फराकिलो मतान्तर कायम गरेका छन् । सूर्य चुनाव चिन्हमा १३,१९७ मत प्राप्त हुँदा निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार पुष्पराज पोखरेलले कलम चिह्नमा ४,३१६ मत प्राप्त गरेका छन् ।


पोखरेललाई हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेलले लौरो चिन्हमा २,५८९ मतसहित पछ्याइरहेका छन् । सो क्षेत्रमा हालसम्म २७,४२७ मत गणना भइसकेको छ भने २,३५७ मत बदर भएको जनाइएको छ ।

यसैगरी प्रदेशसभा २(२) मा नेकपा एमालेका उम्मेदवार चिन्तन पाठकले १३,४५२ मतसहित अग्रता लिइरहेका छन् भने उनको निकटतम् प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका खगेन्द्र मैनालीले ११,०६५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा जेब्रा चुनाव चिह्नका अनिरुद्र तिम्सिनाले २,०३५ मतका साथ मैनालीलाई पछ्याइरहेका छन् ।

सो क्षेत्रमा हालसम्म ३२,२४३ मत गणना भएको छ । जसमध्ये १,७४५ मत बदर भएको निर्वाचन अधिृकतको कार्यालयबाट बुधबार बिहान १०ः०५ बजे जारी गरिएको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *