Sajhamanch Archive

विश्वकप फुटबल : सर्वियाविरुद्ध क्यामरुनको रोमाञ्चक बराबरी

Published: in खेलकुद, विश्व समाचार by .

दोहा । कतार विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘जी’ अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि क्यामरुनले फिफा विश्वकप अन्तर्गतसमूह ‘जी’ को खेलमा सोमबार सर्बियासँग ३–३ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो ।

जिन चाल्र्स क्यास्टेलेटोले खेलको २९ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बिया खेलमा फर्किएको थियो । सर्बियाका लागि स्ट्राहिन्जा पाभ्लोविच र सर्जेग मिलिन्कोभिच साभिचले गोल गरे ।

दोस्रो हाफको सुरुवातमा नै अलेक्सान्डर मिट्रोविचले गोल गर्दै सर्बियाको अग्रता फराकिलो बनाए ।

तर, ३ मिनेटको अन्तरमा क्यामरुनले दुई गोल फर्कायो । भिन्सेन्ट अबुबकार र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेल बराबरी गरे । दुई खेलपछि दुई टोलीको १–१ अंक रहेको छ । दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *