Sajhamanch Archive

शिक्षासेवी प्रसाईंकाे अमेरिकामा निधन

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by .

झापा । झापाकाे बिर्तामोडका शिक्षासेवी हरिकुमार प्रसाईंकाे आज बिहान अमेरिकामा निधन भएको छ।

बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक    प्रसाई क्यान्सरजस्ताे घातक राेग लागेर लामो समयदेखि अस्वस्थ थिए । उपचारकै क्रममा आज बिहान अमेरिकामा उनकाे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रसाईले झापाकाे अर्जुनधारामा सञ्चालन भई हाल बन्द रहेकाे दीपज्योति विद्यामन्दिरकाे स्थापनामा पनि महत्त्वपूर्ण योगदान दिएका थिए । पछि उनले न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्टकाे सञ्चालन गरेका छन ।

स्वर्गीय प्रसाईका पत्नी धर्मा, छोरा आशिष, तीनजना छोरीहरु र भाइ पनि अहिले अमेरिकामा नै रहेकाले उनको अन्तिम संस्कार अमेरिकामा नै हुने सम्भावना रहेको न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंको अनुमान छ ।

प्रसाईंको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्न नपाए पनि दशगात्र कर्म बिर्तामोडमा नै गर्न उनका शुभेच्छुकहरुको अपेक्षा रहेको पनि हुमागाईले बताए । यद्यपी सो सम्बन्धी निर्णय भइनसकेको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *