Sajhamanch Archive

कालिस्थानमा महायज्ञ सुरु, दाताहरु सम्मानित

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

अर्जुनधारा। कालिकापीठ कालीस्थानको १८औं वार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको आइतबार समुद्घाटन गरिएको छ ।

नेपालका प्रथम जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको समुद्घाटन गरिएको हो ।

महायज्ञ समुद्घाटन समारोहमा बोल्दै जगतगुरु मोहनशरणले स्कन्ध महापुराणमा हिमवत्खण्डको विसद महिमा रहेको बताउँदै शिवपुत्र स्वामी कार्तिकेय (कुमार)ले ब्याख्या एवं प्रचार–प्रसार गरेकाले पुराणको नाम स्कन्ध पुराण रहेको अवगत गराए ।

पुराणमा कर्णालीपश्चिम, कर्णाली पूर्वदेखि कौशिकीसम्म, मानसरोबर एवं कोशीपूर्वदेखि कास्मिरसम्मका हिमवतखण्डको चर्चा रहेको बालसन्त मोहनशरणले बताए । स्कन्ध पुराणका ब्याख्याता, लेखक एवं प्रकाशकहरुले पनि उक्त पुराणमा नेपालका हिमवत खण्डको चर्चा बढी रहेको स्वीकार गरेको उनको भनाइ थियो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले धार्मिक क्षेत्रको योगदानको मूल्याङ्कन नगरिए पनि धार्मिक÷सांस्कृतिक एवं संस्कृत शिक्षाबाट राष्ट्रका लागि थुप्रै उपलब्धी भएको धारणा राखेका थिए ।

कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले कानूनले मानिसलाई अनुशासनमा बाँध्न नसक्ने तर धर्म/संस्कार र संस्कृतिले मानिस अनुशासित र सभ्य हुने एवं हिंसामुक्त समाज स्थापित हुने बताए । मानिस ५० वर्ष काटेपछि सत्मार्गको बाटो धर्म नै रहेछ भनेर धार्मिक बाटोमा लाग्ने गरेको बताउँदै पाण्डेले धार्मिक जागरणले उमेर छँदै सत्मार्गमा लाग्न प्रेरित गर्ने भनाई राखेका थिए ।

कार्यक्रमका अर्का वक्ता अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले धर्मÞ–संस्कार र संस्कृतिले मानिसलाई अनुशासित बनाउने र अनुशासनले नै सफलतातर्फ डोहोर्याउने बताउँदै धर्मप्रति आस्था र विश्वास गर्ने ब्यक्तिले नकारात्मक कार्य नगर्ने धारणा राखेका थिए ।

सो अवसरमा पीठमा अध्ययनरत नैष्ठिक ब्राम्हणहरुलाई २०७० सालदेखि निरन्तर अन्नदान गर्ने दाता विकासकुमार दुगढलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी अक्षयकोषका दाताद्वय पंण्डित तुलसीराम दाहाल, पण्डित खडानन्द –डम्बरकुमारी खतिवडालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । दाहाल र खतिवडाले अक्षयकोषका लागि ५१–५१ हजार रुपैयाँ सहयोग गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *