Sajhamanch Archive

नेपालमा ७ वटा दल बने राष्ट्रिय पार्टी, लोकप्रिय मत एमालेलाई

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

समानुपातिकको सदर मत एक करोड पाँच लाख ६० हजार ६७, कुन पार्टीले कति पाए ?

काठमाडौं । मंसिर ४ गते देशैभर एकैचरणमा भएको निर्वाचन अन्तरगत समानुपातिक तर्फको मत गणनाको अन्तिम परिणाम आएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मत गणना सकिएको हो ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ एक करोड पाँच लाख ६० हजार ६७ मत सदर भएको छ। आयोगले ६१ प्रतिशत मतदान भएको जनाएको थियो। सात वटा दलले ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका छन्।

समानुपातिकतर्फको अन्तिम मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेले लोकप्रिय मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ धेरै सिट जितेको नेपाली कांग्रेसले प्राप्त गरेको मतभन्दा १ लाख ३० हजार ४१६ बढी मत एमालेले प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्रिय मान्यता प्राप्त गर्न आवश्यक समानुपातिक मत प्राप्त गरेका दलहरू र तिनले प्राप्त गरेको मत परिणाम यस्तो छ ।

नेकपा (एमाले) : २८,४५,६४१
नेपाली कांग्रेस  :  २७,१५,२२५
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी  : ११,७५,६८४
राष्ट्रिय स्वतन्त्र पार्टीः ११,३०,३४४
राष्ट्रिय प्रजातन्त्र पार्टीः ५,८८,८४९
जनता समाजवादी पार्टीः  ४,२१,३१३
जनमत पार्टीः ३,९४,६५५

‘थ्रेसहोल्ड’ कटाउन नसकेका दलहरू र तिनले प्राप्त गरेको मत परिणाम यस्तो छ ।

राष्ट्रिय राजनीतिक पार्टी बन्नका लागि सदर मतको ३ प्रतिशत अर्थात् यो चुनावमा ३ लाख १६ हजार ८०२ मत प्राप्त गर्नुपथ्र्यो । तर प्रत्यक्षमा १० सिट जितेको नेकपा एस र ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेसहोल्ड पार गर्न नसकेको मत परिणाले प्रष्ट्याउँछ ।

नेकपा (एकीकृत समाजवादी) : २,९८,३९१
नागरिक उन्मुक्ति पार्टी : २,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी : १,६७,३६७
नेपाल मजदुर किसान पार्टी : ७५,१६८
हाम्रो नेपाली पार्टीः ५५,७४३
मंगोल नेशनल अर्गनाइजेशनः ४९,०००
राष्ट्रिय जनमोर्चाः ४६,५०४
नेपाल संघीय समाजवादी पार्टीः ४१,८३०
नेकपा (माले) : ३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टीः २३,९३४
जनता प्रगतिशिल पार्टीः १८,०५९
नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीः १७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः १७,८०५
बहुजन एकता पार्टीः १७,०८०
नेपाली कांग्रेस (बीपी) : १२,५०१
राप्रपा नेपालः १२,३४०
नेपाली जनता दलः १०,१३७
बहुजन शक्ति पार्टीः ९,४३५
नेपालका लागि नेपाली पार्टीः ८,४२४
नेपाल कम्युनिष्ट पार्टीः ८,०१३
नेपाल लोकतान्त्रिक पार्टीः ७,७०५
नेपाल जनता पार्टीः ७,५१८
नेकपा मार्क्सवादी (पुष्पलाल) : ७,४०२
मितेरी पार्टी नेपालः ७,०४३
जनजागरण पार्टीः ६,५५०
आमूल परिवर्तन मसिहा पार्टीः ६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी : ५,९७७
जनसमाजवादी पार्टीः ५,९२५
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीः ५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टीः ५,१०५
विवेकशील साझा पार्टीः ४,०४९
एकीकृत शक्ति नेपालः ३,७९१
नेकपा माओवादी समाजवादीः ३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन : ३,३५४
मौलिक जरोकिलो पार्टीः ३,२५६
नेपाल समावेशी पार्टीः २,९६३
नेकपा परिवर्तनः २,२२०
राष्ट्रिय नागरिक पार्टीः २,१५०
नेश्‍नलिष्ट पिपल्स पार्टीः २,०१८

समानुपातिक तर्फ कुन दलले कति सीट पाउने ?

निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना सम्पन्न गरेको छ। एक करोड पाँच लाख ६० हजार ६७ मत सदर भएको समानुपातिक प्रणालीतर्फ सबैभन्दा धेरै नेकपा (एमाले)ले २६ दशमलव ९४ प्रतिशत मत ल्याएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ दशमलव ७१ प्रतिशत मत ल्याएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार, समानुपातिक निर्वाचन प्रणालीतर्फ सदर मतको कम्तीमा तीन प्रतिशत मत पाउने दल मात्र समानुपातिक तर्फको ११० सीट बाँडफाँडका लागि योग्य हुन्छन्। यो सीमा पार गर्ने मत नल्याउने दलको समानुपातिक तर्फको मत खेर जान्छ अर्थात् सीट पाउँदैनन्।

मतपरिणाम विभाजक सूत्र गणनाको अनुमान अनुसार, एमालेले ३४ सीट पाउने देखिएको छ भने कांग्रेसले ३२ सीट पाउनेछ। माओवादी केन्द्रले १४ सीट र राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सीट पाउने देखिएको छ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी र जनमत पार्टीले पाँच–पाँच सीट पाउनेछन्।

पहिलो हुने निर्वाचन प्रणालीतर्फ कांग्रेसले ५७ स्थानमा जितेको छ। अबको प्रतिनिधि सभामा कांग्रेस ८९ सीटसहित सबैभन्दा ठूलो दल बनेको छ। प्रत्यक्षतर्फ ४४ स्थान जितेको एमाले ७८ सीटसहित दोस्रो स्थानमा रहनेछ।

प्रत्यक्ष र समानुपातिक गरी माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ सीट हुनेछ। त्यसै गरी, प्रत्यक्षतर्फ सात सीट जितेको जनता समाजवादी पार्टी नेपालको समानुपातिकसहित १२ सीट हुनेछ। प्रत्यक्षतर्फ एक स्थानमा जितेको जनमत पार्टीको पनि समानुपातिक तर्फ पाँच गरी जम्मा ६ सीट हुनेछ।

पाँच दलीय सत्ता गठबन्धनले निर्वाचनमा कुल १३६ सीट जितेको छ। कांग्रेसको ८९, माओवादीको ३२, एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादी पार्टीको चार र राष्ट्रिय जनमोर्चाको एकसहित सत्ता गठबन्धनको १३६ सीट पुग्ने भएको छ।

संसद्‌मा बहुमतका लागि १३८ सीट चाहिन्छ। आगामी संसद्बाट नयाँ सरकार बनाउन सत्ता गठबन्धनले अन्य दल वा स्वतन्त्र सांसदको समर्थन लिनुपर्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *