मेचीनगरमा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु
Published:
by .मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ ।
लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि ‘इलेक्ट्रो फेन्सीङ’ तारबार लगाउने कार्य अगाडि बढेको हो ।
पहिलो चरणमा नगरको १५ किमि फेन्सीङ सोलार तारबार लगाउने कार्य अगाडि बढेको नगरप्रमुख बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार ३ करोडको लागतमा चारआली खण्डमा ६ किमी र बाँसबारी सामुदायिक वन र कालिका सामुदायिक वनको सिमानाबाट टिमाई खोलासम्म ९ किमीमा फेन्सीङ तारबार लगाउने कार्य अगाडि बढाइएको हो ।
नगरप्रमुख बुढाथोकीका अनुसार मेचीनगर क्षेत्रमा बाहुण्डाँगीदेखि चारआलीसम्म १५२ किमि फेन्सीङ तारबार लगाउने योजना रहेको छ । पहिलो चरणमा नसमेटिएका बाँकी स्थानमा दोस्रो चरणमा कार्य अगाडि बढाइने नगरप्रमुख बुढाथोकीले बताए ।
Comments