एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने, एमालेबाट ४ जना मन्त्री बन्दै, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग मन्त्री बन्ने
Published:
by .काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।
पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ ।
जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ ।
संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।
सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताए । उनले भने, ‘हामीले उद्योग मन्त्रालय पाएका छौं, हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान मन्त्री पदमा जानु हुन्छ ।’
प्रतिनिधिसभामा ६ सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत थियो । यद्यपि, उनले अहिले आफू सरकारमा नजाने बताएका छन् ।
नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधान मन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् ।
Comments