डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता बन्दै
Published:
by .काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।
संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । डा. पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानून विज्ञको रुपमा काम गरेका थिए ।
Comments