Sajhamanch Archive

चरिमायाले सुनाइन् विद्यार्थीलाई आफ्नो अनुभव

Published: in लोकप्रिय, शिक्षा, समाज by .

बिर्तामोड । रोमन मेगासेसे पुरस्कारबाट सम्मानित मानव बेचबिखन विरुद्ध अन्तर्रास्ट्रिय अभियान्ता तथा शक्ति समूहका संस्थापक चरिमाया तामाङले आफ्नो अनुभव विद्यार्थीलाई सुनाएकी छन्।

आदर्श स्कूल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा आयोजित आदर्श चिन्तन कार्यक्रमबीच चरिमायाले आफ्नो सहास सुनाएकी हुन् । उनले आगामी दिनमा नयाँ युगको दासता, मानव बेचबिखन विरुद्ध कसरी संगठित भएर लाग्ने भन्ने बारे विद्यार्थीलाई प्रेरणा दिएकी छिन् ।

कलेजका संस्थापक सौरभ प्रसाईंको अध्यक्षता भएको कार्यक्रममा चरिमाया तामाङको परिचयसहित जीवनचर्या बारे शक्ति समूहका झापा संयोजक मिरा भट्टराईले प्रकाश पारेी थिइन् ।

कार्यक्रममा सहभागीहरुलाई कलेजका शिक्षक नितेश साहले शाब्दिक स्वागत गरेका थिए भने संचालन कलेजका तामिल सम्योजक दीपक दासले गरेका थिए । कार्यक्रममा कलेजका विद्यार्थीसहित विभिन्न क्षेत्रबाट १८० जनाको सहभागिता थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *