Sajhamanch Archive

सहकारी पसल पछि खाद्य उद्योग सञ्चालन गर्दै कालिका बहुउद्देश्यीय सहकारी संस्था

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by .

अर्जुनधारा । कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं वार्षिक साधारण सभाको अवसर पारेर खाद्य उध्योग सञ्चालनमा ल्याएको छ । खाद्य उद्योगको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब सिह गोम्देनले गरेका थिए । कालिकापीठका प्राचार्य रघुनाथ रिजालले वैदिक मन्त्रोच्चारण गरेको उद्योग उद्घाटनका क्रममा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।

यसअघि उपभोक्ता भण्डार सञ्चालन गर्दै आएको संस्थाले उपभोक्ता एव शेयर सदस्यहरुमा शुद्ध खाद्यान्न पुर्याउने उद्देश्यले तोरी तेल, धान, मकै पिसानीका लागि सेलर मेसिन र चक्कीसमेत जडान गरी उद्योग संचालनमा ल्याएको हो । उद्योग उद्घाटनपछि संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष कर्णबहादुर तामाङले उपभोक्ता एव शेयर सदस्यमाझ शुद्ध तोरी तेल एव खाद्यान्न पुर्याउने उद्देश्यले उद्योग स्थापना गरिएको जानकारी दिए ।

संस्थाकै ब्रान्डमा खाद्यान्नहरु बजारमा लैजाने गरी ब्रान्ड लिने प्रक्रिया अघि बढाइएको अध्यक्ष तामाङले बताए । चालू आर्थिक वर्षमा बचत तथा ऋण प्रवाह, उपभोक्ता भण्डार सञ्चालनमार्फत ३३ लाख २६ हजार ८१६ रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिए।

संस्थाले २०औं वार्षिक साधारण सभाको अवसर पारेर ज्येष्ठ नागरिकहरु बिष्णुलाल ढुङ्गेल, डम्बरकुमारी कटुवाल, अग्निप्रसाद खरेल र शंखमाया लामा, शेयर सदस्यका छोराछोरीमध्ये एसईइ उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु कुसुम पौडेल र कुशल मिश्र सम्माति भए । यस्तै, उत्कृष्ट बचतकर्ता बेदकुमारी आले र बाल बचतकर्ता प्रज्ञा दाहाल, असल उद्यमीद्वय बिष्णु चौहान र सरिता पौडेल, उपभोक्ता भण्डारबाट उत्कृष्ट खरिदकर्ता मनिषा भट्टराईलाई विभिन्न उपहार एवं दोसल्लासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि एवम् अर्जुनधारा वडा नम्बर १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, सल्लाहकारद्वय कृष्ण चापागाईं र डम्बर बस्नेत, जनजीविका सहकारीका अध्यक्ष जितेश योन्जन, श्रद्धा कृषि सहकारीका अध्यक्ष छविलाल शिवाकोटी, समुन्नत सहकारीका अध्यक्ष कमल पौडेल, सहनशील महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ज्ञानकुमारी थापा लगायतले मन्तब्य राखेका थिए ।

सस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष योगप्रसाद मिश्र, संचालन सचिब केदारनाथ पोखरेल र सम्मानपत्र वाचन सहसचिव गान्धारी मिश्रले गरेकी थिइन् । कार्यक्रमका अधिकांश वक्ताहरुले बचत, लगानी र ऋण असुलीको सन्तुलन एवं वित्तीय ज्ञान, वित्तीय साक्षरता, एवं वित्तीय ब्यवस्थापनले मात्रै संस्था मुनाफामा जाने धारणा राखे ।

साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने र आजैबाट शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत सर्वसम्मत नेतृत्व चयन नभए आगामी पुस २१ गते मतदान हुने निर्वाचन कार्यतालिका रहेको निर्वाचन अधिकृत इन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *