Sajhamanch Archive

राजगढ पोलिक्निकमा २८१ जनाले लिए निःशुल्क स्वास्थ्य जाँच सेवा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढस्थित ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउने मध्ये सवैभन्दा धेरै उच्च रक्तचाप, मधुमेह, पेट, छाती र दमका विरामी रहेको सेन्टरका सञ्चालक पदम राजवंशीले जानकारी दिए ।

राजवंशीका अनुसार रक्तचाप, मधुमेहजस्ता रोगीको संख्या १२९ जना रहेको छ । त्यस्तै नाक, कान, घाँटी सम्बन्धी बिरामीको संख्या ५७ जना र हाडजोर्नी तथा नसाका बिरामीको संख्या ९५ जना पाइएको छ । उनीहरुलाई झण्डै १ लाख मूल्य बराबरको औषधिसमेत निशुल्क वितरण गरिएको छ ।

शिविरमा डा. पोषणरमण त्रिपाठी, निरज रौनियार, प्रविण तिम्सिनाले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा सहभागीलाई रगत परीक्षणमा र भिडियो एक्स–रेमा समेत छुट दिइएको थियो ।

हरेक वर्ष ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’का सञ्चालक राजवंशीले आफ्नो जन्म दिनको अवसर पारेर त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क स्वास्य शिविरको आयोजना गर्दै आएक छन् । यस वर्षपनि उनले आफ्नो जन्म दिनको अवसरमा शिविरको आयोजना गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *