Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/०९/२४

जिल्ला झापा मेचीनगर–६ बस्ने धनबहादुर लो लामा (सदस्य नं. ५५१२३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल पौष ८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजकी श्रीमती फूलमाया लो लामाले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल पुष २४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी काँकरभिट्टा कार्यालय

================================================================

प्रथमपटक प्रकाशित मितिः २०७९/०९/२४

जिल्ला झापा झापा–६ बस्ने मलिन्द्र चक्रवर्ती (सदस्य नं. २२३६१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल मंसिर २२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा–६ बस्ने निजकी छोरी बबिता चक्रवर्तीले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल पुस ८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी शरणामती कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *