आयोजनास्थलमा झापा इनर्जीको साधारणसभा
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ बुलुचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज आयोजनास्थलमा सम्पन्न गरिएको छ ।
१० मेघावाट विद्युत उत्पादन गर्ने सौर्य उर्जा कम्पनी झापा इनर्जीका शेयर सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको वार्षिक साधारणसभाको प्रमुख आतिथ्य संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले गरेका थिए ।
कम्पनीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य एलपी साँवाले एक वर्ष भित्रमा यो परियोजनाको सम्पूर्ण काम सकिने बताए ।
उनले यो परियोजना सञ्चालनलागि काम सुरु गर्दा देशमा २० घण्टा लोडसेडिको चलिरहेको स्मरण गराए । हामीले त्यो संकटलाई मध्यनजर गरेर काम सुरु गएका थियौ । आज पनि पूर्ण रुपले लोडसेडिङ्ग अन्त्य भएको अवस्था छैन । यस परियोजनाले झापा जिल्लालाई पुग्ने गरी उर्जा उत्पादन हुने अध्यक्ष साँवाको भनाई थियो ।
संविधानसभा अध्यक्ष नेम्वाङ्गले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई झापा इनर्जीले सहयोग पुर्याउने बताए । यो परियोजना एउटा उर्जा उत्पादन गर्ने क्षेत्रमा मात्र नभएर पर्यटक र उर्जाको विषयमा अध्ययन गर्नेहरुका लागि पनि उतिकै महत्वपूर्ण रहने छ । नेम्वाले भने, राजीतिक प्रसंग कोट्याउँदै जनताले सबै दल मिलेर जाउँ भन्ने जनादेशलाई सम्मान गर्नु पर्दछ । विभिन्न राजनीतिक कमी कमजोरीका बावजुत पनि यिनै दलका नेताहरुले देशलाई एउटा निश्चित गन्तव्यसम्म पुर्याएको उनको भनाई थियो ।
कम्पनीका अध्यक्ष एलपी साँवा लिम्बूको अध्यक्षतामा सम्पन्न साधारणसभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई कम्पनीका सञ्चालक रामचन्द्र उप्रेतीले शाब्दिक स्वागत गरेका थिए । साधारण सभामा प्रदेश नं. १ का पूर्व मन्त्री झलकसिं दलार्मी मगरले शुभकामना मनतव्य राखेका थिए ।
उत्पादन र समृद्धिको यात्रामा निरन्तरताको थिममा अबको १ वर्ष भित्रमा कार्य सम्पादन गरिसक्ने प्रतिबद्धतासहित साधारणसभा सम्पन्न भएको जनाइएको छ । साधारणसभा समारोहको सञ्चालन कम्पनीका प्रबन्ध निर्देशक सुबास भट्टराईले गरेका थिए ।
Comments