बाह्रदशी जेसीजको अध्यक्षमा उप्रेती चयन
Published:
by .बाह्रदशी । बाह्रदशी जेसीजको दोस्रो वार्षिक साधारण सभाले सन् २०२३ का लागि लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ ।
गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालको प्रमुख आतिथ्य तथा सुरूङ्गा जेसीजका पूर्वअध्यक्ष कुमारमणि पोखरेल र पूर्वअध्यक्ष शिवकुमार कडेँलको विशेष आतिथ्यमा सम्पन्न सभाले कार्यकारी उपाध्यक्षमा प्रकाश फुँयाल र तीर्थप्रसाद काफ्लेलाई निर्विरोध चयन गरेको हो ।
यस्तै उपाध्यक्षहरूमा क्रमशः भिष्म प्रसाई, अश्विन देउजा, सञ्जय शाह र विश्वास गौचन चयन भएका छन् । नव निर्वाचित अध्यक्ष उप्रेतीले कानूनी सल्लाहकारमा सदिक्षा खड्का, महासचिवमा खगेन्द्र सुवेदी र कोषाध्यक्षमा टंकबहादुर कार्कीलाई मनोनित पनि गरेका छन् ।
Comments