कात्तिक १ गते झापालीलाई प्रधानमन्त्री ओलीले चिया खुवाउने
Published: (Updated: )
by .बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक १ गते झापा आउने भएका छन् ।
विगतका वर्षहरुमा झैं दशैंको महानवमीको दिन उनले बिर्तामोडमा आयोजना गरेको चियापान समारोहमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन झापा आउन लागेका हुन् ।
कात्तिक १ गते बिर्तामोडको अग्रसेन भवनमा बिहान ११ बजेदेखि शुरु गरिने शुभकामना आदान प्रदान कार्यक्रममा सबै राजनीतिक दल, संघ–संस्था, कर्मचारीबृत्त, उद्योगी, व्यावसायी, नागरिक समाज, किसान, मजदूर, पत्रकारलगायत सम्पूर्ण जनसमूहलाई चियापान समारोहमा भाग लिन प्रधानमन्त्री ओलीले आमन्त्रण गरेका छन् ।
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन नेपाल कम्युनिष्ट पार्टी ने क पा झापाले गरेको कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिएका छन् ।
Comments