Sajhamanch Archive

एकल विद्यालय अभियान झापाद्वारा विपन्न बालबालिकालाई स्वीटर प्रदान

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

झापा । नेपाल जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान झापाले जिल्लाका विभिन्न विद्यालयका विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

माघ २, ३ र ४ गते जिल्लाका विभिन्न एकल विद्यालयहरुमा अध्ययन गर्ने विपन्न बालबालिकाहरुलाई न्यानो कपडा स्वीटर प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष शंकर भट्टराईले दिएको जानकारी अनुसार माघ २ गते हल्दिबारी गाउँपालिका जलथलको लक्ष्मीनारायण एकल विद्यालयमा २३ वटा र भद्रपुरको कदमगाछी एकल विद्यालयमा २० वटा स्वीटर प्रदान गरिएको थियो ।

यसैगरी माघ ३ गते कचनकवल गाउँपालिकाको जयदुर्गे एकल विद्यालयका २८ जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर प्रदान गरिएको थियो भने शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा रहेको नमूना टोल एकल विद्यालयमा २० थान न्यानो कपडा वितरण गरिएको नेपाल जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान झापाका अध्यक्ष भट्टराईले बताएका छन् ।

सोही प्रकृतिको कार्यक्रम लिएर स्वयमसेवीहरु माघ ४ गते शिवसताक्षीको कनकाई एकल विद्यालयमा पुगेर ३५ थान न्यानो कपडा वितरण गरेको प्रदेशस्तरका कार्यकर्ता योगमायाले बताइन् ।

बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रममा नेपाल जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान झापाका अध्यक्ष भट्टराई, होमनाथ ढुङ्गेल, ईश्वरा तिवारी, माया मैनाली, खिनामाया लगायतको सक्रिय सहभागिता रहेको योगमायाले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *