Sajhamanch Archive

घिमिरेद्वारा एमालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन् ।

माघ ५ गते प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएपछि घिमिरेले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नको लागि पार्टीबाट राजीनामा दिएको घिमिरे अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरी लेखेको राजीनामापत्रमा उल्लेख छ ।

सभामुख घिमिरेले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पदभार ग्रहण गर्ने कार्यक्रम बनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *