आरध्य साकोसका सदस्यलाई सहकारी शिक्षा प्रवाह
Published:
by .मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगरले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ ।
मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले शनिबार मेचीनगर ६ स्थित नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो ।
संस्थाले प्रधान कार्यालयसँगै मेचीनगर ६ नकलबन्दा र मेचीनगर १५ स्थित शाखा कार्यालय मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ । जसमा शनिबार नकलबन्दा शाखाका सदस्यहरूलाई एकै ठाउँमा बोलाएर सदस्य शिक्षा प्रदान गरेको हो । संस्थाले सोही अवसरमा काम, कर्तव्य र भावी योजना सुनाएको छ ।
सहकारी शिक्षा कार्यक्रममा संस्थाका अध्यक्ष गीता राजवंशी, उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुङ्गेल, सदस्य अनुप राजवंशी, लेखा समिति संयोजक नारायण दङ्गाललगायतको उपस्थिति रहेको सस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।
पछिल्लो समय आरध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षालाई प्रभावकारी बनाउन आफ्नो सदस्यहरूलाई तालिमको व्यवस्था गर्दै आएको छ ।
Comments