Sajhamanch Archive

‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ झापामा पनि सञ्चालन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by .

झापा । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार झापाको बिर्तामोडमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । ‘रोजगारी र समृद्धिको आधार, महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ नारा दिएर पुस ४ गतेदेखि कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको हो ।

कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिलाहरुलाई जीवन बीमा क्षेत्रमा प्रवेश गराई आर्थिक आयआर्जन वृद्धिसँगै सशक्तीकरण गर्न यस्तो कार्यक्रमको निक्कै महत्व रहेको बताए । विकसित देशहरुमा राज्यले नै आफ्ना नागरिकको शिक्षा, स्वास्थ तथा बृद्धअवस्थामा संरक्षणको ग्यारेन्टी लिने गरेको भए पनि नेपालमा जीवन बीमाले गर्दै आएको उनको दावी छ ।

महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख कार्यकारी अधिकृत भट्टराईले बीमाजस्तो परोपकारी काममा सहभागी भई घरको जिम्मेवारी बहनसँगै मनग्गे आयअर्जन गर्न सकिने व्यवसायमा संलग्न हुन महिलाहरुलाई आग्रह पनि गरेका छन् ।

बिर्तामोड वरिपरीका पालिकाहरुबाट १३० जनाभन्दा बढी विभिन्न उमेर समूह, पेसा, व्यवसायमा आवद्ध महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा सहजीकरण गर्दै कम्पनीका मार्केटिङ चिफ प्रशान्तराज धमालाले महिलाहरु काममा लगनशिल हुने गरेकाले बीमाको क्षेत्रमा पनि महिलाहरुको उपस्थिति सफल रहेको भनी हौसला प्रदान गरे । बीमा अभिकर्ता बन्नु पनि एउटा व्यवसायिक काम हो भन्ने सन्देश दिँदै मार्केटिङ चिफ धमालाले यो पेसामा कसरी सफल हुने भन्ने विषयमा सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

कम्पनीका एजेन्सी मेनेजर तथा अर्जुनधारा नगरपालिकाका कार्यपालिका सदस्य चन्दा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीको अघिल्लो महिना उत्कृष्ट काम गर्ने महिला अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाका प्रमुख गंगा थापाले सन्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि एवम् कार्यक्रममा सहभागी महिलाहरुलाई उपक्षेत्रीय प्रबन्धक गुन्जन थापाले शाब्दिक स्वागतसहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गत पौष ४ गते चितवनमा कम्पनीका अध्यक्षको उपस्थितिमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम घोषणा भएको थियो । कार्यक्रम अन्तरगत हालसम्म २१ वटा जिल्लामा सो प्रकृतिको कार्यक्रम गरी ७०० जनाभन्दा धेरैलाइ प्रत्यक्ष रोजगारीमा जोडिसकिएको उपक्षेत्रीय प्रवन्धक थापाले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *