Sajhamanch Archive

सुरुङ्गामा साना मझौला व्यवसायी साकोसको निशुल्क आँखा शिविर

Published: in लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by .

कनकाई । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले सुरुङ्गामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

संस्थाको सुरूङ्गास्थित सेवा केन्द्रको आयोजनामा कनकाई–३ को जनचेतना आधारभूत विद्यालय परिसरमा भएको आँखा शिविरबाट ५०० जनाभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । बचत तथा ऋणको मात्र कारोबारमा सिमित नरही साना मझौला व्यवसायी साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष ग्रामीण क्षेत्रलाई लक्षित गरी विविध कार्यक्रम संचालन गर्दै आएको सेवा केन्द्रका संयोजक राजेन्द्र उप्रेतीले बताएका छन् ।

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा अस्पतालका नेत्र अधिकृत कविता कार्की कडरियाको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । आँखा परीक्षण गर्दा मोतियाबिन्दु देखिएका बिरामीलाई संस्थाको तर्फबाट निःशुल्क शल्यक्रियाका लागि रेफर गरिएको संस्थाका अध्यक्ष देविका निरौला बस्नेतले जानकारी दिएकी छन् ।

सामान्य समस्या भएका आँखाका बिरामीलाई निशुल्क औषधि वितरण गरिएको छ भने विशेष छुटमा चस्मा उपलब्ध गराइएको अध्यक्ष बस्नेतले बताएकी छन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको आँखा शिवीर उद्घाटन समारोहमा कनकाई वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, अस्पतालका नेत्र अधिकृत कविता कार्की कडरिया, जनचेतना आधारभूत विद्यालयका अध्यक्ष टिका लामिछाने लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *