राष्ट्रपति रनिङ शिल्ड : महेन्द्ररत्न मावि बिर्तामोड नगर प्रथम
Published:
by .बिर्तामोड । १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्णसहित प्रथम भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सो प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदकसहित दोश्रो र दुर्गा माध्यमिक विद्यालय ६ स्वर्ण ३ कास्य पदकसहित तेश्रो भएको छ ।
विजेताहरुलाई शनिबार महेन्द्ररत्न माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका हुन् ।
विधागत खेलहरुमा भलिबल छात्रतर्फ निधि मावि प्रथम, बाल्मिकी एजुकेशज फाउण्डेसन द्वितिय र दुर्गा मावि तृतीय भएका छन् ।
यस्तै छात्रातर्फ निधि मावि प्रथम, गोमेन्द्र मावि द्वितिय र बाल्मिकि एजुकेशज फाउण्डेसन तृतीय भएका छन् ।
एथ्लेटिक्सतर्फ महेन्द्ररत्न मावि प्रथम, महेन्द्र ज्योति मावि द्वितिय र दुर्गा मावि तृतीय भए । कवड्डी खेलमा छात्रतर्फ मोहनमाया मावि प्रथम, निदी मावि तृतीय भएका छन् भने छात्रातर्फ दुर्गा मावि प्रथम, एजुकेशज फाउण्डेसन द्वितिय र मोहनमाया तृतीय भएका छन् ।
कराते तर्फका खेलहरुमा बाल्मिकी एजुकेशज फाउण्डेसन प्रथम, महेन्द्ररत्न मावि द्वितिय र महेन्द्र ज्योति मावि तृतीय भएका छन् ।
नगरपालिकाले भलिबल, एथ्लेटिक्स, करातेमा विद्यालय स्तरीय प्रतियोगिता गराएको हो । समे प्रतियोगिताबाट छनोटमा परेका खेलाडीहरु जिल्ला स्तिरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
Comments