Sajhamanch Archive

आरोहीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

Published: in अर्थतन्त्र, समाज by .

भद्रपुर । भद्रपुर ७ स्थित आरोही इन्भेष्टमेन्ट कम्पनी प्रालिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

कम्पनीका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको सभामा प्रबन्ध निर्देशक प्रकाश भण्डारीले कम्पनीको वार्षिक गतिविधिको बारेमा जानकारी गराएका थिए ।

संचालक समितिका सदस्य विजय तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा कम्पनीले सञ्चालन गरेका विभिन्न परियोजनाका बारेमा संचालकद्वय च्यावनमणि पोखरेल र मनोज तिम्सिनाले प्रकाश पारेका थिए ।

भरत प्रसाइले सञ्चालन गरेको कार्यक्रममा कम्पनीको आगामी योजनाका बारेमा पुरुषोत्तम कट्टेल, पंकज भुर्तेललगायतले आ आफ्नो सुझाव राखेका थिए । सो कम्पनीको लगानीमा भद्रपुरमा विद्यालय, होटल लगायतका व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *