Sajhamanch Archive

इलाका प्रहरी कार्यालयमा नयाँ डिएसपी, लागुऔषध नियन्त्रण मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता

Published: (Updated: ) in लोकप्रिय, समाज by .

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको कमाण्ड सम्हाल्न सुर्खेतबाट झापा आएका डिएसपी सुरज कार्कीले लागुऔषध कारोबार नियन्त्रणलाई मुख्य प्राथमिकतमा राख्ने बताएका छन् ।

आज बिर्तामोडस्थित इप्रकामा सञ्चारकर्मीहरुसँग परिचयात्मक भेटघाट गर्दै डिएसपी कार्कीले सबैजसो आपराधिक घटनामा लागुऔषधको सम्बन्ध हुने गरेकोले यसको नियन्त्रण जरुरी रहेको बताए ।

गत शुक्रबारबाट बिर्तामोड इप्रकामा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका कार्कीले लागुऔषधको कारोबारलाई नियन्त्रण गर्दै चोरीजन्य घटना न्यूनीकरणमा प्रभावकारी अभियान सञ्चालन गर्ने जानकारी दिए ।

डिएसपी कार्कीले सञ्चारकर्मीहरुसँग समन्वय गरी सूचना आदानप्रदान गर्ने, अप्ठ्याराहरुमा मिलेर काम गर्न तथा समुदायको अग्रगतिका लागि समाजसँग हातेमालो गरेर अगाडि बढ्ने पनि सुनाए । बिर्तामोड क्षेत्र लागुऔषध कारोबार र प्रयोगकर्ताको केन्द्रविन्दू बन्दै गएको बारे आफूले जानकारी लिइसकेकाले सो को नियन्त्रणमा सबैको सहयोग लिएर काम गर्ने पनि बताए ।

बिर्तामोड लागुऔषधको ट्रान्जिट भएको बुझेको छु, डिएसपी कार्कीले भने ‘इप्रकाभित्र कुल मुद्धाको ४० प्रतिशतभन्दा धेरै मुद्धाहरु लागुऔषधसँग सम्बन्धित छन् । थुनुवा मात्रै १३ जना यहाँ छन् भन्दै उनले समस्याको जड नै लागुऔषध बनिसकेको बताए ।

उनले यस क्षेत्रको शान्ति सुरक्षाका लागि बिर्तामोडबासीको साथ सहयोग लिने प्रतिवद्धता जनाएका छन् । डिएसपी कार्कीले प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा सुविधामा सहजै उपलब्ध गराउने समेत बताए ।

https://fb.watch/iGVGNAKY7A/

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *