Sajhamanch Archive

बिर्तामोडमा पत्रकार–कर्मचारी फुटबल, कर्मचारी टिम विजयी

Published: in खेलकुद, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ ।

७०औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरीय मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो ।

नगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारी विजयी भएका छन् । खेलको पूरा समयमा ३–३ गोल भएपछि पेनाल्टी हानिएको थियो । पेनाल्टीमा ३–२ गोल अन्तरले कर्मचारी टोली विजयी भएका हुन् ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेकी थिइन् ।

कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं भन्ने मुख्य नाराका साथ मनाइएको यस वर्षको कुष्ठरोग दिवसका अवसरमा नगरपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रमसँगै फुटबल खेलकोसमेत आयोजना गरेको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *