प्रदेश १ : मन्त्री सिटौलाले भोलि राजीनामा दिने
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि आइतबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्।
राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले भोलि पदबाट राजीनामा दिने जानकारी दिए।
विष्टले भने, ‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ। तर अब रहन्नौँ। हाम्रो मन्त्री ज्यूले भोलि राजीनामा दिनु हुनेछ।’
शनिबार बिहान बसेको राप्रपाको कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रदेश र संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
संघीय सरकारका तीन मन्त्री र १ राज्यमन्त्रीले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाइसकेका छन्।
Comments