Sajhamanch Archive

ताप्लेजुङको अलैंची र जुम्लाको स्याउले जोड्यो पूर्व र पश्चिमको ब्यापारलाई

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय by .

बिर्तामोड । ब्यापारिक दृष्टिले पूर्व र पश्चिमलाई जोड्ने विर्तामोड उद्योग बाणिज्य संघको उद्देश्यमा साथ दिए जुम्लाकी गंगादेवी राउत र ताप्लेजुङकी माया गुरूङले ।

जंगलको कालो सुनका रुपमा परिचित अलैंचीको सराबाट बनाइएका दैनिक प्रयोजनका सामग्री लिएर गुरुङ ताप्लेजुङबाट झापा झर्दा जुम्लाकी राउत जुम्लाको अग्र्यानिक उत्पादन (खाद्य सामग्री) लिएर बिर्तामोड आइन ।

यसरी ताप्लेजुङ र जुम्लालाई ब्यापारसँग जोडेको महोत्सवमा झापाको भद्रपुरमा निर्माण गरिएका बाँसका सामग्री अनि धनकुटामा निर्माण गरिएको दारको ठेकीमा महोत्सवमा आउनेहरुको बेग्लै आकर्षण छ ।

देश–विदेशमा रुचाइएका यी स्वदेशी उत्पादनले धेरैको ध्यान खिचेको छ । ‘कुहिएर खेर जाने अलैंचीको सरा (पत्ता)बाट पनि यति राम्रो सामान बन्दोरहेछ थाहै थिएन्’ ताप्लेजुङमै लामो समय बिताएर झापा झरेकी सुनिता विमलीले भनिन् । कुहिएर जाने पत्ताको उपयोग गरेर निर्माण गरेका अलैंचीको सराको सामग्री हेर्दै भनिन्– यस्ता कामलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने हो ।

उनले भनिन्– ‘जति सामग्री बन्छन्– प्रतिगोटा हिसाब गरेर अनुदान दिनुपर्ने हो, उनले थपिन्– ‘नेतालाई कुर्सीमात्रै चाहिएको छ, मौलिकतालाई प्रोत्साहन कसले गर्ने ?’

आफूले निर्माण गरेका सामग्रीका बारेमा अरुलाई जानकारी दिन पाउँदा छुट्टै गर्व लाग्ने बताउँछिन् माया गुरुङ । स्वदेशमा भन्दा विदेशमा बढी मन पराउने उनको उत्पादनले मेलामा निकै राम्रो फिडब्याक पाएको उनी बताउँछिन् । सामग्री बनाउने सीपका बारेमा बुझ्नेदेखि सौखका लागि खरिद गर्नेसम्मका भिजिटर पाएको बताउँदै मायाले भनिन्– ‘खुशी लागेर आउँछ आफूले जानको कुरा अरुलाई पनि सुनाउन पाउँदा ।’

जुम्लाको पत्रासी गाउँपालिका स्थायी घर भएकी गंगादेवी १८ वर्षदेखि काठमाडौंमा व्यापार गर्छिन् । बिर्तामोड महोत्सवमा पहिलोपटक सहभागी भएकी गंगाले यो महोत्सवमा केही समय अघि विराटनगरमा सम्पन्न महोत्सवमा भाग लिएकी थिइन् ।

झापाको बजार नबुझेका कारण विराटनगरमा आयोजित मेलामा स्टक रहेको सामग्री मात्रै लिएर बिर्तामोड महोत्सवमा आएकी उनी बीचैमा सामान सकिएपछि अलमलमा परेको बताइन् ।शुरु शुरुमा व्यापार नभए पनि पछिल्ला दिनमा एकैचोटी सामान सकियो मेला सकिन तीनदिन अघि नै मोटामोटी सामान सकिएको बताउँनै गंगादेवीले भनिन्– ‘उहाँबाट सामान ल्याइँन, अस्ती विराटनगरको मेलामा स्टक रहेको सामान केरियरमा हालेर आएको थप्नुपर्ने रैछ अब मगाउँदा पनि आइपुग्दैन् गल्ती गरिएछ ।’

जुम्लाकी गंगाले ल्याएको स्याउको स्वाद चाखेपछि बिर्तामोडकी गंगा लुईटेलले जुम्ली स्याउको फ्यान भएको बताउँछिन् ।असाध्यै मिठो रहेछ उनले भनिन्– फुजीको स्थाउ भन्दा ५० रुपैयाँ महंगो पर्ला जुम्लाकै स्याउ खानु राम्रो म त फ्यान नै भएँ ।’

त्यसो त धनकुटादेखि महोत्सवमा दारका ठेकी देख्दा शिला ढकाललाई किनुँ किनुँ लाथ्यो रे । महोत्सवमा बिक्रीका लागि राखेको एकमाने ठेकीको मूल्य ८०० भनेपछि त्यसको दाम घटाउन पनि निकै सानसिकान लगाउनु परेको बताइन् । उनले भनिन्– ८०० भन्दै थ्यो बल्ल–बल्ल फुक्र्याएर साढे छ सयमा लिएँ ।

धनकुटाबाट बिक्रीका लागि महोत्सवस्थलमा दारको ठेकी, हर्पे, तोङ्वाका भाँडा लगायतका काष्ठ निर्मित सामग्री ल्याइएको थियो ।
यसबाट के स्पष्ट हुन्छ भने नेपालीहरुको मन स्वदेशी उत्पादनतर्फ खिचिएको छ । यो अत्यन्तै खुशीको कुरा हो । महोत्सव आयोजक संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । उनले भने– ‘व्यापार व्यवसाय नचलेर निराश भएका व्यापारी उत्साह जगाउने थियो, मनोरञ्जनसँगै बजारलाई चलायमान गराउनु थियो । हामीले त्यो गरिरहेका छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *