Sajhamanch Archive

उपराष्ट्रपतिको प्रतिस्पर्धामा तीन महिला र एक पुरुष

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालको तर्फबाटे पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् ।

यस्तै १० दलीय सत्ता गठबन्धनबाट तीन जनाले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय प्रसाद यादव तथा प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनमा साझा उम्मेदवारबारे सहमति हुन नसकेपछि एउटै दलबाट दुईजना र अर्को दलबाट एकजना गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि पनि सहमतिको प्रयास गरिने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जानकारी दिएका छन् ।

उनका अनुसार आफ्नो पार्टीले दर्ता गराएको उम्मेदवारकै नाममा सहमति हुनेछ । भएन भने गठबन्धनमा समस्या उत्पन्न हुने चेतावनी उनले दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *