Sajhamanch Archive

मकैको खोस्टाबाट घर सजाउने फूल बनाउने तालिम सम्पन्न

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ ।

सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम आज सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड दिइन् ।

नेपालमा भारत, चीन लगायत मुलुकबाट आयात भएको प्लाष्टिकका फूलभन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएको सामग्री प्रयोगमा ल्याउन उनको सुझाव छ । नगरप्रमुख प्रसाईले स्थानीय उत्पादनलाई बाहिरका बजारमा समेत बिक्री बिस्तार गर्नु पर्ने धारणा राखेकी छन् ।

नगरपालिकाका शाखा अधिकृत मेघराज बास्तोलाले तालिममा सिकेको सीप अरुलाई पनि सिकाउन सहभागीलाई सुझाव दिए । प्रमाण पत्र लिएर मात्रै अर्थ नहुने भन्दै बाँस्तोलाले व्यवसायिक बन्नु पर्ने धारणा राखेका थिए ।

निर्मला भण्डारी चौहान र सुमित्रा अधिकारी खतिवडाको सहजीकरणमा १२ दिवसीय तालिम सम्पन्न भएको हो ।

वडा नम्बर ७ का कार्यवहाक वडाअध्यक्ष हेमलता विश्वकर्माको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विवेक मिश्र, वडा नम्बर ७ का न्यायिक समिति सदस्य माया ढकाल लगायतको सहभागिता थियो ।

बिर्तामोड नगरपालिकाले ढाकाको कपडा बुन्ने, सिलाई कटाई, धुपकाँटी बनाउने, पोते उन्ने, अचार बनाउने, फूल बनाउने लगायत विभिन्न प्रकारका सिपमुलक कार्यक्रमहरु सन्चालन गर्दै आएको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संयोजक चनीमाया तामाङले जानकारी दिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *