यातायात मजदुर संघको अध्यक्षमा ओली सर्वसम्मत
Published:
by .झापा । नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको अध्यक्षमा यादवकुमार ओली निर्वाचित भएका छन् ।
गत माघ २९ गते संघको ७औं जिल्ला अधिवेशन भएकोमा तर बन्दसत्रबाट नेतृत्व चयन हुन सकेको थिएन । मङ्लबार बिर्तामोडस्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको बन्दसत्रबाट अध्यक्षमा ओली सर्वसम्मत भएका हुन ।
त्यस्तै संघको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला उपाध्यक्ष बिष्णु लुइंटेल शिवाकोटी, सचिवमा देवनारायण ढुङ्गाना, सहसचिवमा विशाल तामाङ मोक्तान र कोषाध्यक्षमा प्रेम श्रेष्ठ सर्वसम्मत चयन भएका छ्न् ।
त्यस्तै संघको सदस्यहरुमा गाविन्द तामाङ, कमल राई, तुलसीप्रसाद दाहाल, इन्द्र श्रेष्ठ चयन भएका छन् । अध्यक्षले कार्यसमिति सदस्यमा ४ जनालाई मनोनित गर्ने प्रावधान रहेको छ । काँकरभिट्टा इकाइबाट एकजना सदस्य थपिने छन् ।
कार्यक्रममा ट्रेड यूनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल यातायात मजदुर संघ कोशी प्रदेश अध्यक्ष पूर्ण प्रधान, केन्द्रीय उपाध्यक्ष हरि थापा, नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय अध्यक्ष दिपक तामाङ, संघको निवर्तमान अध्यक्ष गान्धीप्रसाद भण्डारी लगायतले नवानिर्वाचित समितिका अध्यक्षसहित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
ट्रेड यूनियन कांग्रेससंग आवद्ध ५५० यातायात मजदुर संघमा आबद्ध रहेको जनाइएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ओलीले आफ्नो कार्यकालमा यातायात मजदुरको हक, हित र अधिकारका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
Comments