Sajhamanch Archive

प्रविधिमैत्री बनाइँदै मेचीनगर, सबै वडा र स्वास्थ्य संस्थामा इ हाजिरी जडान

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ हाजिरी जडान गरी त्यसलाई प्रयोगमा ल्याइएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसँगै प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोककुमार भेटवाल लगायतको उपस्थिति थियो ।

मेचीनगरलाई प्रविधि मैत्री बनाउने उद्देश्यले नगरका १५ वटै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा इ हाजिरी जडान गरी प्रयोगमा ल्याइएको हो । नागरिकलाई सहजरुपमा समयमा नै सेवा प्रदान गर्न इ हाजिरीले सहयोग पुग्ने नगरपालिका कार्यालयले जनाएको छ । नगरका १५ वटै वडा, स्वास्थ्य संस्थासँगै पहिलो चरणमा काँकडभिट्टा मावि मेचीनगर ६ र शहीद दशरथ चन्द्र मावि मेचीनगर १३ चारआलीमा समेत इ हाजिरी जडान गरी प्रयोगमा ल्याइएको छ ।

कर्मचारी समयमा नै कार्यालय आउने र कार्यसम्पादन गर्ने गर्दा आम नागरिकले अनावश्यक शास्ती व्यहोर्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख बुढाथोकीले बताए ।

उनले नगरबासीको सहजताको लागि चाडै नै अनलाइनबाट घरमा नै बसीबसी राजश्व तिर्ने व्यवस्था मिलाउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

साथै उनले अब निकट भविष्यमा अनलाइन सेवाबाट नगरपालिका र वडाबाट उपलब्ध हुने सिफारिस लगायतका सेवाहरू उपलब्ध गराउने कार्य अगाडि बढिसकेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *