ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित
Published:
by .काठमाडौं । सन् २०२४ को पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा भियतनामले सहज जित निकालेको छ ।
दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गर्यो । भियतनामले ४ गोल पहिलो हाफमा नै गरेको थियो ।
दोस्रो हाफमा भियतनामले एक गोल थप्दा नेपालले एक सान्त्वना गोल गर्यो । नेपालका लागि एक मात्र गोल साबित्रा भण्डारी साम्बाले गरिन् ।
नेपालविरुद्ध सुरुवातबाटै आक्रामक देखिएको भियतनामले ११औँ मिनेटमा पहिलो गोल गरेको थियो ।
फिफा वरीयतामा ३३औँ स्थानमा रहेको भियतनामसँग १००औँ स्थानमा रहेको नेपालले घरेलु लिगमा दुई खेल खेल्नेछ ।
नेपालका लागि ८०औँ मिनेटमा साबित्राले गोल गरेकी थिइन् । सरु लिम्बूको पासमा साबित्राले किपरलाई बिट गर्दै गोल गरेकी हुन् ।
३६औँ मिनेटमा भियतनामले पेनाल्टीमार्फत गोल गरेको थियो । एक मिनेटपछि नै भियतनामले तेस्रो गोल गरेको थियो ।
यस वेला नेपालले आत्मघाती गोल गरेको थियो । ४७औँ मिनेटमा भियतनामले चौथो गोल गरेको थियो भने ९१औँ मिनेटमा पाँचौँ गोल गर्यो ।
Comments