Sajhamanch Archive

अलैंची व्यवसायी भट्टराई फिनको केन्द्रीय सदस्यमा निर्वाचित

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज by .

झापा । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को केन्द्रीय सदस्यमा चुनिएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपालको आज शुक्रबार काठमाडौंमा भएको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट अलैंची व्यवसायी भट्टराई केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

(फिन)को केन्द्रीय अध्यक्षमा सिल्क एशोसिएशनका अध्यक्ष शंकरप्रसाद पाण्डे निर्वाचित भएका छन् । निर्यातजन्य बस्तुहरुको छाता संगठनको रुपमा रहेको फिनले नयाँ नेतृत्व प्राप्त गरेको हो ।

बिर्तामोडका युवा व्यवसायी तथा विभिन्न संघ–संस्थामा आवद्ध भट्टराईले आफू निर्वाचित भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै निर्यात प्रवर्धन गर्न, सरकारसँंग व्यवसायी तथा उद्योगीका कुरा राख्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली बस्तुको निर्यातका लागि लबिङ गर्न आफ्नो भूमिका रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *