Sajhamanch Archive

बैंकर्स संघले बैशाख १ बाट निक्षेपको ब्याजदर एकल अंकमा झार्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by .

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार बिहान बसेको बैंकर्स संघको बैंठकले १ वैशखबाट लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताएका छन् ।

१ वैशाखबाट व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ दशमलव ९९ प्रतिशत कायम गर्ने निर्णय भएको उनले बताए ।

यस्तै बचतमा न्यूनतम ५ दशमलव ४ प्रतिशत र अधिकतम ७ दशमलव ४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *