थप १३६ जनामा कोरोना संक्रमण, ४०१ पुग्यो संक्रिय संक्रमित
Published:
by .काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संख्या ४०१ पुग्यो भने ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार मात्रै कोरोनाबाट निको भएर ६८ जना घर फर्किएका छन् ।
संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।
Comments