Sajhamanch Archive

साहराका परियोजना बारे जिल्ला स्तरीय बैठक सम्पन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by .

भद्रपुर । सहारा नेपाल बिर्तामोडको मातहतमा चलिरहेका झापा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा सरोकारवालासँग परियोजनाबारे छलफलका लागि बैठक गरिएको हो । सहारा नेपालले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिने र कार्यक्रम बारे सरोकारवालसँग सुझाव संकलन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ ।

बैठकमा सहारा नेपालले सञ्चालन गर्दै आएको विश्वास परियोजना, सुरक्षित आवास, वित्तीय साक्षरता लगायतका विषयमा जानकारी गराइएको थियो । सहारा नेपालले सञ्चालन गर्दै आएको विश्वास परियोजनाका संयोजक पवन राई, सुरक्षित आवासका बारेमा नविन लामिछाने र वित्तीय साक्षरताका बारेमा कृष्ण गौतमले जानकारी दिएका थिए ।

झापा र मोरङमा सञ्चालित विश्वास परियोजना अन्तरगत उपेक्षित उष्णप्रदेशीय १० प्रकारका रोग नियन्त्रण एवम् निर्मूलन पार्न स्थानीय र प्रदेश सरकारलाई परियोजना अन्तरगत सहयोग गरिँदै आएको कार्यक्रम संयोजक राईले जानकारी दिए ।

त्यस्तै, नागरिकमा आवासको हक सुनिश्चित गर्न सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिएको र हालसम्म १५९ वटा सुरक्षित आवास निर्माण गरिएको नविन लामिछानेले अवगत गराए । सुरक्षित आवास निर्माणबाट लक्षित वर्गको चौतर्फी विकासमा सहयोग मिलेको उनले प्रष्ट पारेका थिए ।

त्यस्तै, वित्तीय सारक्षता मार्फत् आम्दानी भएको पैसालाई जोगाएर भविष्यमा आइपर्ने आर्थिक समस्या समाधान गर्न सिकाउन सचेनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको संस्थाका कृष्ण गौतमले जानकारी दिए । विशेष गरेर विपन्न र महिलाहरुलाई कार्यक्रममा समेटर वित्तीय ज्ञान प्रदान गरिँदै आएको उनको भनाई थियो । सचेनामूलक तरिका र पाठ्यक्रम नै तयार पारेर दुई प्रकारले वित्तीय साक्षरता प्रदान गरिँदै आएको गौतमले जनाए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले सहारा नेपालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै सरकारले सञ्चालन गरेकोभन्दा भिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिएका थिए ।

सहारा नेपालले गर्दै आएको काममा स्थानीय सरकार हातेमालो गर्न तयार रहेको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको भनाई थियो । उनले स्थानीय तहले मात्र सबै काम गर्न नसक्ने भएकाले सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए ।

त्यस्तै, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटीले समाज रुपान्तरणमा सबैको उत्तिकै भूमिका हुने बताएकी थिइन् । उनले माछा दिनुभन्दा पनि माछा समाएर आफैं खान सक्ने बनाउनु पर्नेमा जोड दिइन् । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा बैठक सम्पन्न गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *