Sajhamanch Archive

नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीमा निरौलाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by .

बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् ।
आज सोमबार बिर्तामोडमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । उनी यसभन्दा अघिको कमिटीमा उपाध्यक्ष थिए ।

त्यस्तै नगर कमिटीको उपाध्यक्षद्वयमा गोमा भट्टराई र उपेन्द्र बानियाँ चयन भएका छन् । कमिटीको सचिवमा केदार खनाल, सह–सचिवद्वयमा किरण पौडेल र कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा अमित बुढाथोकी चयन भएका छन् ।

दुई वर्षे कार्यकालका लागि अधिवेशनबाट चुनिएको नगर कमिटीका सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, संजय शाह, शेखर दाहाल, ईश्वर प्याकुरेल, हरि राजवंशी, गणेश कोइराला, राजन निरौला (युवराज), युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, सुष्मा गौतम रहेका छन् ।

बाँकी सदस्यहरु आवश्यकता अनुसार कार्य समितिले मनोनित गर्ने व्यवस्था रहेको निर्वाचन संयोजक नारायण चिमरियाले जानकारी दिएका छन् ।

नेपाल उद्योग तथा ब्यवसाय महासंघ केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य लालप्रसाद (एलपी) सावाँको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन गरिएको थियो ।

नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि सावाँ, कोशी प्रदेशसभा सदस्य एकराज कार्की, महासंघका झापा अध्यक्ष प्रल्हादमणि ओली, महासंघका कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत, महासंघका केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

उपाध्यक्ष युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा भट्टराईले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *