एनएमसीद्वारा खुदुनाबारीमा भिआइए परीक्षण शिवीर सम्पन्न
Published:
by .अर्जुनधारा । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) शिवीर गरिएको छ ।
परिवार नियोजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा वैशाख ८ गते शुुक्रबार खुुदुुनाबारी स्वास्थ्य चौकीमा उक्त शिवीर सम्पन्न गरिएको हो ।
एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ परामर्शदाता प्रमिला गौतम लगायतको टोलीले सहभागी महिलाहरुको परीक्षण गरेका थिए ।
उक्त शिवीरमा ४२ जना महिलाहरुको भिआइए परीक्षण गरिएको थियो । एनएमसी महिला सशक्तिकरण उपसमितिले विगतमा पनि सोही प्रकारको शिवीर सञ्चालन गरी महिलालाई सो विषयमा सचेतना प्रदान गर्दै आइरहेको छ ।
खुुुदुुनाबारी स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुुख डम्बरबल्लभ मिश्रको प्रमुुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा आमन्त्रित तथा सहभागीहरुलाई संस्थाको खुुदुुनाबारी सेवा केन्द्रगत उपसमिति सदस्य भोलानाथ बरालले शाब्दिक स्वागत गरेका थिए ।
शिवीर उद्घाटनको औपचारिक कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् ।
Comments