चन्द्रगढीका प्रेमप्रसाद नगदसहित घरमै सम्मानित
Published:
by .भद्रपुर । ताप्लेजुङको साविको खेवाङ्गमा रहँदा त्यहाँको जीवनशैली सहज बनाउन महत्वपूर्ण योगदान दिएका हाल भद्रपुर १० चन्द्रगढी निवासी प्रेमप्रसाद दाहाललाई नगदसहित सम्मान गरिएको छ ।
टिकाराम गौतम स्मृति प्रतिष्ठान फुङ्गलिङ ५ ताप्लेजुङले दाहाललाई आज उनकै घरमा आएर सम्मान गरेको हो । सम्मानित दाहालले तत्कालीन ताप्लेजुङको खेवाङ्गमा रहँंदा त्यहाँको विकट स्थानमा पानीको अभाव हटाउन ढुङ्गा खोपेर १० स्थानमा २ मुरीदेखि २० मुरीसम्म पानी जम्मा हुने कुवा र ११ स्थानमा चौतारी निर्माण गरेका थिए ।
प्रतिष्ठानका संरक्षक तिलादेवी गौतमले दाहाल निवास भद्रपुर १० मा नै आएर प्रेमप्रसादलाई नगद १० हजार १ रुपैयाँ र सम्मानपत्र प्रदान गरेकी हुन् । दाहाल परिवारका अभिभावक प्रेमप्रसादलाई सम्मान गरिएकोमा टिकाराम गौतम स्मृति प्रतिष्ठानलाई दाहाल परिवारको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।
Comments