Sajhamanch Archive

झापामा दिउँसै टर्च लाइट बालेर व्यवसायीले खोजे सरकार

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

झापा । लामो समय देखी जग्गाको कित्ताकाट नखोलिएको भन्दै झापामा एक समूहले दिउँसै टर्च र राँको बालेर सरकारको खोजी गरेका छन्।

बुद्ध शान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेल समेतको उपस्थितिमा बुधबारे बजारको बालुवाटारमा प्रदर्शन गरिएको हो।

सरकारले जग्गाको बेचबिखन र कित्ताकाट नखोल्दा आम मानिसको आर्थिक जीवन तहसनहस भएको भन्दै सोही समूहले हिजो सङ्घर्ष समिति गठन गरेको थियो।

बुद्ध शान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेलको संयोजकत्वमा हिजो गठन भएको समितिले आज राँको र टर्च लाइट बालेर प्रदर्शन गरेको हो।

लामो समय देखी जग्गाको बेचबिखन रोकिँदा धेरै पक्षले दुःख झेल्नु परेकाले सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्नु परेको संयोजक भुजेलले बताए।

उनले भने,व्यवसाय सुनसान छ बैंकको कर्जा चुक्ता गर्न सक्ने अवस्था छैन ब्याजदर पनि उच्च छ अलिकता जग्गा बेचेर ऋण तिर्न चाहनेलाई संकट भयो, बजारको एउटा प्रक्रिया नै बिग्रेको छ त्यसैले हामीले सङ्घर्ष समिति बनाएरै सरकारको खोजी गरेका हौ।

जग्गा बेचेर भए पनि उपचार गर्छु, बाँच्छु भन्नेलाई सकस भएको बत्ताउँछन् अर्का व्यवसायी लक्ष्मण ढुङ्गाना।

उनी भन्छन्, सरकारलाई चासो नै छैन, मान्छे बिरामी भयो थोरै जग्गा बेचेर औषध उपचार गरौँ न त भन्दा बिक्री बन्द छ अब बाच्ने उपाय छ त ?

समितिका सह-संयोजक मनोरथ तिवारीले मुलुकमा सरकार भएको आभास नभएकाले सङ्घर्षका कार्यक्रम गर्न बाध्य भएको उल्लेख गरे।

मान्छे छ्ट्पटिएको छ राज्यको उपस्थिति नदेखेपछि दिउँसो राँको बालेर सरकारको खोजी गरेका हौँ, सरकार भएको भए जनताका यस्ता समस्यामा टुलुटुलु हेरेर पक्कै बस्ने थिएन। उनले भने प्रदर्शनमा तिन दर्जन बढी जग्गा व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *