Sajhamanch Archive

केर्खामा १४ जना शारीरिक अपाङ्गता भएका व्यत्तिलाई सहयोग सामग्री प्रदान

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा सञ्चालित कमल अपाङ्गता सवालम्बन समूहले शनिबार विशेष कार्यक्रमको आयोजना गरी १४ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गरेको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा वडामा बसोबास गर्ने १४ जना अपाङ्गता भएका व्यक्तिलाई गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सहायक सामग्री प्रदान गरेकी हुन् ।

वितरण गरिएका सहायक सामग्रीमा ह्विल चियर, बैशाखी, सोतो छडी, लौरो, एल्वो लठी र बच्चाका लागि डाईफर रहेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वस्थ्य बीमा र सिपमुलक तालिमको ब्यवस्था गरिएको बताइन् ।

कमल अपाङ्गता सवालम्बन समूहका अध्यक्ष देबु चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ नम्वर वडासदस्य केशरा बर्देवा, शहीद धर्मभक्त माध्यमिक विध्यालय कमल ३ का प्रधानाध्यापक मधुसुदन अधिकारी, समाजसेवी विरेन्द्रकुमार याक्थुम्वा, शेलिना राई लगायतले सहायक सामग्रीले अपाङ्गता भएका व्यक्तिलाई ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रमको सञ्चालन अपाङ्गता सवालम्बन समूहका सचिव सरस्वती बस्नेतले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *