कामु प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीशमा सिफारिस
Published:
by .काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो ।
परिषदका सदस्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कामु प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्याधीश सिफरिस गरेको बताए । कार्कीको संसदीय सुनुवाइ पछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ ।
चोलेन्द्रशमशेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा हरिकृष्ण कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।
Comments