Sajhamanch Archive

मोरङमा गोदामबाट २१ थान टीभी चोरेको आरोपमा दुईजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट एलईडी टीभी चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र सोही ठाउँको वर्ष १९ को सन्दीप कुमार ऋषिदेव रहेका छन् ।

उनीहरूले गोदामको झ्यालको रड काटेर २१ थान हाइसेन्स ब्रान्डको ३९ इन्चको एलईडी टीभी चोरी गरेको आरोप लागेको छ ।

अभियुक्तले चोरी गरिएका एक थान टीभी आफ्नै घर नजिकै माटोले छोपेर लुकाएर राखेको अवस्थामा, ६ थान घरमै लुकाएर राखेको अवस्थामा तथा आठ थान विराटनगर, बुढीगंगा तथा सुनसरीका विभिन्न स्थानमा बिक्री गरेको अवस्थामा गरी जम्मा १५ थान टिभी बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्वन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका छन् ।

उनीहरूले गत चैत २८ गते टीभी चोरी गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *