साह दम्पत्तीको विवाह वर्षोत्सवमा विपन्नलाई खाद्यान्न सहयोग
Published:
by .झापा । दमकका युवा व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्य बिष्णु साहले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा विपन्न एक परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका छन् ।
पत्नी सीतादेवीसहित शुक्रबार झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर साहले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । आफू काम गर्न नसक्ने भएपछि बृद्धा आमाको साहरामा बाँचेका गणेश परिवारलाई क्लवको संयोजनमा ५० केजी चामल, दाल, तेल, नून, साबुन लगायतका दैनिक आवश्यकीय सामाग्रीहरु प्रदान गरिएको क्लवका अध्यक्ष अशोक चौधरीले बताए ।
करिब दुई वर्ष अघिदेखि घुँडामा ट्यूमर पलाएर बिरामी परेका गणेशको उपचार तथा दैनिक जीवनयापन कष्टकर रहेको बुझेपछि यस्तो सहयोग प्रदान गरिएको हो । क्लबका अध्यक्ष चौधरीको अध्यक्षता र सो वडाका वडाध्यक्ष सखिचन्द्र ठाकुर, राजकुमारको उपचारमा सहयोग जुटाइरहेका काजी राउत लगायत क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा साह दम्पत्तीले वैवाहिक वर्षगाँठमा यस किसिमको सेवामुलक काममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । क्लबले आफना सदस्यहरुको विशेष दिनमा हुने फजुल खर्चको सट्टा सेवामुलक काममा खर्चिन अभिप्रेरित गर्दै आएको क्लबका सचिव विष्णुप्रसाद पोखरेलले बताए ।
Comments